तातोपानी नाका खुलेपनि सडक जीर्ण हुँदा सामग्री ढुवानीमा समस्या

काठमाडौँ – २०७२ सालको भूकम्पपछि बन्द भएका नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी भन्सार नाका ५ वर्ष पछि पुनः सञ्चालनमा आएको छ । तर जीर्ण सडक मर्मत नहुँदा सास्ती र दुर्घटनाको जोखिम बढेको छ ।

ठाउँठाउँमा गएको पहिरो र सडक मर्मतमा ध्यान नदिँदा सामान ढुवानी गर्न समस्या भएको व्यापारीहरुले गुनासा गरेको छन् ।

नेपाल-चीन तातोपानी नाका खुले पनि जीर्ण सडकको कारण दुर्घटनाको जोखिम बढेको हो । २०७३ सालको भोटेकोसी बाढीले क्षति पु¥याएको अरनिको राजमार्ग चीन सरकारको सहयोगमा मर्मत गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

तर गत असार असारमा आएको बाढीले राजमार्गको सात स्थानमा सडक भत्किएको छ भने अन्य १० स्थानमा क्षति पुलेको छ । क्षतिग्रस्त सडकमा ट्रयाक खोल्ने काम गरिए पनि स्तरोन्नति नहुँदा जोखिम बढेको छ ।

सडक मर्मत नहुँदा सामान ढुवानी गर्न समस्या भएको ब्यवसायीहरुले गुनासो गरेका छन् । सडकको दुरावस्थाको विषयमा सरकारी निकायलाई ताकेता गर्दा समेत चासो नदिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले बताएको छ ।