काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिए, संक्रमितको कुल संख्या २० हजार नजिक

आश्विन ९, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४५ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ५ सय ३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९१ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५१ जना संक्रमित देखिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १९ हजार ९ सय ४६ पुगेको छ । यसमध्ये काठमाडौमा १६ हजार २ सय ६५, ललितपुरमा १ हजार ९ सय १८ जना र भक्तपुरमा १ हजार ७ सय ९३ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्