शहिदनगरका मेयर र लेखापाल १५ दिनदेखि बेपत्ता, नगरको कामकाज प्रभावित
जनकपुरधाम -धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र लेखापाल लोकबहादुर नेपाली १५ दिनदेखि गायब छन्।
बरबरिया र नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित बनेको छ। मेयर बरबरियाले कार्यालय कहिलेसम्म नआउने विषयमा प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई समेत जानकारी गराएका छैनन्। स्रोतका अनुसार मेयर बरबरिया काठमाडौंमा छन् भने लेखापाल नेपाली कहाँ छन् भन्ने विषयमा कर्मचारीहरु अनभिज्ञ छन्।
अधिकृत धीरेन्द्र कर्णले मेयर बरबरिया कार्यालय नआएको विषयमा जानकारी नभएको बताए। उनले भने, ‘मेयर साहब काठमाडौं गएका जानकारी पाएको छु। तर आधिकारिक जानकारी छैन।’ यता उपमेयर शिला कापरले मेयर बरबरिया १५-१६ दिनदेखि कार्यालय नआएको बताइन्। उनले भनिन्, ‘उहाँ (मेयर) काठमाडौं जानुभएको छ।
कहिले आउनुहुन्छ भन्ने कुरा थाहा छैन।’ मेयर कार्यालयमा सात दिनभन्दा बढी अनुपस्थित रहनुपरेमा उपमेयरलाई निमित्तको जिम्मेवारी दिनुपर्ने प्रावधान छ। तर मेयर बरबरियाले उपमेयरलाई निमित्त दिएका छैनन्। उपमेयर कापरले पनि निमित्तको जिम्मेवारी नदिएको प्रतिक्रिया दिइन्।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्