वीर अस्पतालमा मृत्यु भएका जैसवालको हत्या नभएको पुष्टि

काठमाडौं– वीर अस्पतालमा मृत्यु भएका रुपन्देहीका ६३ वर्षीय लखन जैसवाल पाकिङसन र प्रेसरका बिरामी भएकाले हत्या नभएको  स्पष्ट पारिएको छ। बुधबार केन्द्रीय कारागार कार्यालय सुन्धारा र वीर अस्पतालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मृत जैसवाल पार्किङसन र प्रेसरको दीर्घरोगी भएको बताउँदै उनलाई कारागार वा अस्पतालले हत्या गरेको, आँखा निकालेको, चोटपटक लाएको र घाँटी काटिएको जस्ता भ्रामक समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।

त्यस किसिमको सूचनामा कुनै सत्यता नभएको बताउँदै कारागार र अस्पतालले सिसिटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत सवित भएको विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ५ घर भएका जैसवालको गत शनिबार मृत्यु भएको थियो। उनलाई श्वासप्रश्वासको समस्या भएपछि केन्द्रीय कारागार सुन्धाराबाट वीर अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।