भारतको कलकत्तामा अड्किएर बसेको युरिया मलको अन्तिम खेप आउँदै

असोज ०७, काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशनको लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेप आउँदै गरेको छ भने हालसम्म करिब साढे १७ हजार टन भदौ ९ गते यता वीरगञ्ज नाका भएर भित्रिसकेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अडकिएर बसेको रसायनिक मल यूरिया भदौ ९ गते देखि वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेसंगै हालसम्म सात र्याक अर्थात करिब साढे १७ हजार टन आईसकेको छ ।
अन्तिम खेप मध्येको एक र्याक ( २५्र०० टन ) अर्थात ५० हजार बोरा रसायनिक मल यूरिया सिमावर्ती सहर रक्सौल आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले गोरखापत्रलाई बताउनु भयो ।
श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको सात र्याक अर्थात करिब साढे १७ हजार टन रसायनिक मल यूरिया मललाई साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयको निर्देशन अनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाइ सकिएको र अन्तिम खेपमा आएको रसायनिक मल यूरिया मल पनि आउने बित्तिकै पठाईने कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।
मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा वितरणका लागि वीरगञ्जबाट रसायनिक मल युरिया पठाई सकिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्