बाबुराम भट्टराईकाे सरकारप्रति कटाक्ष,सरकार किन कानमा तेल हालेर बसेको हो ?
आश्विन ६, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ ।
उहाँले मंगलबार समाजिक सञ्जाल ट्वीटर मार्फत चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र परेको बताउनुभएको छ ।
उहाँले लेख्नुभएकाे छ- ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’
प्रतिकृया दिनुहोस्