नेपाल विज्ञापन संघद्वारा सञ्चार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण

असाेज ०५, काठमाडाैं । नेपाल विज्ञापन संघले केही समयदेखि विभिन्न सञ्चार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएकाे छ ।

क्लिन फिडप्रति सञ्चारमाध्यमका टिप्पणी बदनियतपूर्ण रहेकाे बताउँदै संघले भनेकाे छ, ‘नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई सम्माननीय राष्ट्रपतिज्यूूबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मिति २०७६ कार्तिक ८ गते प्रकाशित भई कानूनी रुपमा अगाडी बढी सकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनुु आफैंमा विरोधाभाष छ । यस्ता विषयमा आम संचार माध्यममा आएका समाचार तथा टिप्पणिहरु बदनियतपूर्ण छन् भन्ने नेपाल विज्ञापन संघको ठहर रहेको छ ।’

त्यस्ता समाचार एवं टिप्पणीलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्ने विभिन्न व्यक्ति, संघ/संस्था तथा संचारगृहहरुलाई भ्रममा नपर्न समेत संघले अनुरोध गरेकाे छ ।

विज्ञापन बाेर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धीत मन्त्रालयले अगाडि बढाउने कुरामा संघ विश्वस्त रहेकाे बताउँदै क्लिन फिडको समयावधि २०७७ कार्तिक ७ गते समाप्त हुने भएकोले पुनः समयमै लागु हुने समेत जानकारी दिएकाे छ ।

‘बिधेयक मार्फत कानुनी रुपमा अगाडि बढि सकेको क्लिन फिड तोकिएकै मिति २०७७ कार्तिक ८ गते देखि लागु गर्न सम्बन्धित मन्त्रालय एंव नेपाल सरकारसंग संघ जोडदार माग गर्दछ । साथै आम नेपाली संचारमाध्यम तथा विज्ञापन एजेन्सीहरुको कल्याणकारी विधेयकको रुपमा आएको यस विधेयकलाई लागु गराउने बिषयमा आमसंचार माध्यमको सहयोग अतुलनिय रहने हुँदा आमसंचार माध्यमले पनि यस बिषयलाई गम्भिरताका साथ लिनेछ भन्ने बिश्बास संघले लिएको छ,’ संघका अध्यक्ष रविन्द्र कुमार रिजालद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।