मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गरीने

असाेज ०५ काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ।
पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो। यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो।
दोस्रो चरणको याङ्री र लार्केको पानी राजधानी ल्याउन पनि डिबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो। यो प्रविधिबाट करिब ११ किमी सुरुङ बनाउँदा रु १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो। डिबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्ने गरी आयोजना समीक्षामा लागेको हो।
मेलम्ची खोलाको मुहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट याङ्री नौ किलोमिटर टाढा पर्छ। याङ्रीबाट लार्के दुई किमीको दूरीमा पर्छ। याङ्री र लार्के दुवै खोला सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छ। करिब ११ किमीको यो दूरीमा ‘टनेल बोरिङ मेसिन’ ९टिबीएम० प्रविधिबाट काम गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको आयोजनाको ‘हेडवक्र्स’ र सुरुङमार्ग हेर्नुहुने उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो। यो प्रविधिबाट सुरुङ बनाउँदा यन्त्रको प्रयोग गरिन्छ।

प्रतिकृया दिनुहोस्