रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकियो

असाेज ०५, एजेन्सी । च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।
रियल सोसिडाडको घरेलु मैदान एनोएटा मैदानमा भएको खेलमा पाहुना टोली रियल मड्रिडले पकड जमाए पनि गोल गर्न सकेन । दुबै टोलीले गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भएका हुन् ।
ला लिगाको नयाँ सिजनमा रियल सोसिडाडको भने यो दोस्रो खेल हो । दुबै खेल बराबरी खेलेको रियल सोसिडाडले पहिलो खेलमा भाल्लाडोलिडासँग १-१ को बरारबी खेलेको थियो । यससँगै रियल सोसिडाडले दुई खेलबाट दुई अंक जोडको छ ।
रियल सोसिडाड तालिकको नवौं स्थानमा छ । यता रियल मड्रिडले भने नयाँ सिजनको पहिलो खेल खेलेको हो । पहिलो खेलमा नै बरारबी खेल्दै रियल मड्रिडले लिग अंक तालिकामा एक अंक जोडेको छ । रियल मड्रिड तालिकाको १० औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्