नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुर्नगठनको विषयमा केन्द्रित
![](https://silautitimes.com/wp-content/uploads/2020/09/nekapa-peris-dada.jpg)
आश्विन ४, काठमाडौं । कार्यदलले दिएको सुझावलाई महत्व दिदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुर्नगठनको विषयले प्रवेश पाएको छ ।
तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको वैठकमा मन्त्रिपरिषद् पुर्नगठन गर्ने विषयमा छलफल भएको हो ।
यस अघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलमा सीमित मन्त्रिपरिषद्को पुर्नगठनको विषयले अब सचिवालय बैठकमा महत्व पाएको हो ।
‘आजको बैठक मुख्यत मन्त्रिपरिषद् पुर्नगठनको विषयमा केन्द्रित रहयो, सबै सदस्यहरुले आआफ्नो धारणा राख्नु भएको छ’ बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ‘अब भोलि १ बजे बोलाइएको बैठकमा पुनः यही विषयमा छलफल हुने छ ।’
प्रधानमन्त्री ओली २ बर्ष पूरा गरेका सदस्यहरुलाई पुनः मन्त्रिपरिषद्मा दोहोर्याउने मनशायमा नरहनु भए पनि उहाँले आज त्यस्तो कुनै धारणा व्यक्त नगर्नु भएको बताइएको छ ।
यता अर्का अध्यक्ष दाहालले भने पुनःअवसर पाउनेहरुको पनि कामको मुल्यांकन हुनु पर्ने धारणा राख्नु भएको बताइएको छ । यस अघि आजको बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल हुने बताइएको थियो ।
निरन्तररुपमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्दै आएको बैठक पार्टीको कामकारवाही जिम्मेवारी हेर्ने जिम्मा अध्यक्ष दाहालले पाएपछि पहिलो पटक पेरिसडाँडामा बसेको हो । पहिलोपटक दुइ अध्यक्षबीच स्पष्ट कार्यविभाजन र कार्याधिकार तय भएपछि सुरु भएको यो पहिलो सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्