पछिल्लो २४ घण्टामा थप ९ सय ६६ संक्रमितद्वारा स्वास्थ्यलाभ

आश्विन ४, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ४७ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४६ हजार २ सय ३३ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७४ प्रतिशत हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ४ सय ७८ रहेको छ ।यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४ सय ५१ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ४ सय ७ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ७१ ज ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख १४ हजार २ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्