एक नेपालीले लगाए पहिलो पटक कोरोनाविरूद्धको खोप

एजेन्सी- विश्वभर कोरोना भाइरसविरूको खोप बनाउने क्रम जारी छ ।

संसारमा कोरोना भाइरसविरूद्धको खोपमा अरू मुलुकलाई रसियाले उछिनी सकेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा छन् ।

उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउनु सुदूरभविष्यको कुरा बन्न सक्छ । तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै पहिलो पटक बनेको कोरोनाको खोप लगाउन पाएका छन् ।

रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका हुन् । रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाएका हुन् ।

मस्कोमा कार्यरत ६१ वर्षीय डा.श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाएका हुन् ।

सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो ।