कोभिड १९काे अत्याधिक जोखिमकैबीच जमुनाह नाकाबाट दैनिक ३०० नागरिक भारत जाँदै
आश्विन ४, नेपालगञ्ज । कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् ।
गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल भारत नाका जमुनाह भएर २५ सय बढी नेपाली भारत छिरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले भदौ २७ गतेबाट दैनिक तीनसयको हाराहारीमा रोजगारीका लागि नेपालीह भारतका विभिन्न सहरमा गैरहेको बताउनुभयो । प्रमुख गिरीका अनुसार एकसाताको अवधिमा करिब २५ सय नेपाली यो नाकाबाट भारत फर्किसकेका छन् ।
उहाँले कोभिड १९ का कारण नेपाल भारत सीमाना बन्द भए पनि भारतमा रोजगारी गर्ने अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेकोले सोही देखाएर उनिहरु फर्किरहेको बताउनुभयो ।
भारतमा बन्दाबन्दी हुँदा काम नपाई बाध्य भएर नेपाल फर्किएको बताउँदै पहाडी जिल्लाका नेपालीले नेपालमा पनि रोजगारी नपाएपछि फेरि बाध्य भएर भारतनै जानुपरेको बताएका छन् ।
भारत जान भनि जमुनाह नाकामा पुग्नुभएका दैलेख नारायण नगरपालिका ४ का दीपक थापाले नेपाल फर्किएको तीन महिना पुगे पनि गाउँघरमा कुनै काम नपाएपछि भोकै बस्ने अवस्था आएकोले फेरी बाध्य भएर रोजगारीका लागि भारतको शिमला जान थालेको बताउनुभयो ।
उहाँले आफ्नो देशमा रोजगारी नपाएर नै विदेशी भुमिमा गएर दुखकष्ट सहनुपरेको दुखेसो सुनाउनुभयो ।यस्तै सल्यान थारमारेका अर्का युवक रामबहादुर विकले पनि नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको बताउनुभयो । उहाँले कोरोना भन्दा पेट पाल्ने चिन्ता बढी भएपछि फर्किएको जनाउनुभयो ।
प्रतिकृया दिनुहोस्