मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक मनायाे संविधान दिवस

आश्विन ३, काठमाडौं । मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक संविधान दिवसको दिन दिप प्रज्वलन गरी मनाएका छन् ।
असोज ३ नेपालको संविधान २०७२ जारी भएको दिनको संस्मरणमा जनकपुरधामको जानकी चोकमा यूवाहरुले झण्डातोलन सहित दिप प्रज्वलन लगायतका कार्यक्रम मनाएका हुन् ।
५ वर्ष पछि यूवाहरुले सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरुपमै प्रदेश सरकार र जसपा नेपाललाई चुनौती दिदैँ संविधान दिवस मनाएको छन् ।
मधेश केन्द्रित दलहरूले असोज ३ लाई कालो दिवसको रुपमा मनाईरहदाँ मधेशी यूवाहरुले भने कालो दिवसको विरोध गर्दै संविधान दिवस मनाएका छन् ।
जनता समाजवादी पार्टी नेपालका यूवा नेता सुशिल कर्णको अगुवाईमा संविधान दिवस कार्यक्रम मनाइएका हुन् ।
यूवा नेता सुशिल कर्णले संविधानमा केहि त्रुटी रहेको तर जसरी सत्तामा बसेर प्रदेश नम्बर २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए । उनले स्पष्ट पार्दै भने– ‘संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ ।’
भ्रष्ट, भ्रष्टाचार, नौटंकी र लाशको राजनीतिविरुद्ध आफूहरूले संविधान दिवस मनाएको युवा अभियानी किसन मण्डलले बताए । यूवा अभियानी मण्डलले भने– मधेश र मधेशीको नाममा सत्ताको राजनीति गर्नेहरू छताछुल्ल भइसकेका छन् । उनले भने ३ सय ६४ दिन संविधान मन पराउने, तर एकदिन मात्रै मन नपराउने, जनताले द्वैध चरित्र बुझिसकेका छन् ।
अर्को तर्फ जसपा नेपालले प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अगुवाईमा विरोध सभा कार्यक्रम मनाइएको थियो ।

प्रतिकृया दिनुहोस्