पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शुक्रबार उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज नेपालमा कोरोना पुष्टि भएका एक हजार २०४ जनामध्ये ७११ जना काठमाडौँ उपत्यकाका हुन् ।