काेराेना महामारीमा जनताको जीवन रक्षाकाे सवाल ठूलो: प्रधानमन्त्री ओली
आश्विन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्दै जनताकाे जीवन रक्षाकाे सवाल ठूलाे रहेकाे बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा सुरू भएकाे संविनान दिवस विशेष समाराेहबाट देशवासीको नाममा सम्बोधन गर्दै उहाँले ७ वर्ष लामो बलिदान र ५ वर्ष अगाडि नेपालको संविधान जारी भएको स्मरण गराउनुभयो ।
महामारीले तोकेको सीमा भित्र रहे यो समारोह मनाउदै गरेको भन्दै उहाँले महामारीका कारण ज्यान गुमाउने र संक्रमणमा परेका प्रति दुःख व्यक्त गर्नुभयो । देशले विभिन्न मामारी भोगेको बताउँदै उहाँले बाढीपहिरोमा परेर तथा विभिन्न विपत्तिबाट ज्यान गुमाउने प्रति समवेदना प्रकट गर्नुभयो ।
जस्तो परिस्थितिमा पनि समय नराेकिने बताउँदै उहाँले गौरवगाथा गाउने दिन आउने भन्दै महामारीकै बीच यस वर्षको संविधान दिवसकाे उत्सवमा सरिक भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले महामारीका रूपमा अकस्मात आएको कोरोना भाइरसको बारेमा सुरुमा विश्व नै अलमलमा रहेको बताउनुभयो । आपसमा आत्तिने र समयकालमा बिर्सिहाल्ने मानव स्वभावको कुरा गर्दै उहाँले नेपालमा पनि काेराेनाबाट केही व्यक्तिकाे मृत्यु भए पनि सरकारले जनताको जीवन रक्षालाई ठूलो सम्झेको बताउनुभयो ।
उहाँले सरकारले जनतालाई सुसुचित गराउन लागिपरेको र महामारीको बीचममा पनि सरकारले जनताको रोगप्रतिरोधात्मक क्षमतालाई बढाउन पहल गरिरहेकाे बताउनुभयो ।
गत वर्ष आजकै दिन सरकार सञ्चालनको १८ महिना पूरा भएको कुरासमेत चर्चा गर्दै त्यसयता महामारीको कारण धेरै आयोजनाहरू पूरा हुन नसकेको पनि उहाँले बताउनुभयो ।
कोरोनाका कारण नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको कुरा स्वीकार्दै प्रधानमन्त्री ओलीले अब छिट्टै सरकारले पुनःउत्थानको लागि पहल गर्ने बताउनुभयो । कोभिड- १९ का कारण अन्य मुलुकमा नकारात्मक असर बढी भए पनि नेपालमा सकारात्मक नै रहेकाे, मूल्यवृद्धि नियन्त्रित नै रहेकाे बताउनुभयाे ।
प्रतिकृया दिनुहोस्