लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

आश्विन २, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञावलीले देशको पक्षमा कार्य गर्ने, क्षमतावान व्यक्ति प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गरिने बताउनुभयो ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनममा बोल्दै उहाँले भन्नुभयो- ‘विद्युत प्राधिकरणका सन्दर्भका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन । कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ । तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन ।’
मन्त्री ज्ञवलीले कानुन अनुसार प्रवधान मिलाएर उहाँलाई पुन: नियुक्ति दिन सकिने र, त्यो सम्बन्धमा वर्तमान अवस्थामा सरकारले छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।
कुलमानको चर्चा र लोकप्रपियतामा उहाँले प्रश्न समेत गर्नुभएको छ । उहाँले नेपालमा लोडसेडिङ हटाउन कुलमानको एक्लो प्रयास मात्रै नभएको बताउनुभयो ।
सरकारको लगानी र टिमको योगदानले लोडसेडिङ अन्त्य भएको उहाँको धारण थियो ।
मन्त्री ज्ञावलीले पार्टी सन्तुलनमा राख्न मन्त्रीमण्डल पुनरगठन हुनसक्ने संकेत पनि गर्नुभयाे । मन्त्रीमण्डल पुनरगठन र मन्त्री फेरबदल हुनु सरकारको नियमित प्रकृया भएकाले यसलाई आश्चार्य नमान्न आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्