नेपालमा आज थपिए २ हजार कोरोना संक्रमित, संक्रमितको संख्या ६१ हजार नाघ्यो

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४३ हजार ८ सय २० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ८ हजार ८८ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या सात हजार सात सय ३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ९० पुगेको छ ।