सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा
आश्वीन १, काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बस्नुभएकाे छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नुभएकाे हाे ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सचिवालयमा कार्यरत एक जनाको रिपोर्ट पोजेटिभ आएकाे र सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिनुभयाे । उहाँका अनुसार सभापति देउवा होम आइसोलेसन बस्नुभएकाे र अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ । सभापति देउवा अब बिहीबार (अाज) का लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफलमा सहभागी नहुने बताइएकाे छ । साथै उक्त बैठक पनि स्थगित हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्