December 6, 2024, Friday
२०८१ मंसिर २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा बिदा

आश्वीन १, काठमाडाैं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज बिहीबार देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गर्नुभएको थियो । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो ।

काठमाण्डौको बत्तिसपुतली बस्दै आएका पूर्व-प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति निधन भएको थियो ।

सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्व-प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।