बल्खु र कालीमाटी तरकारी बजारकाे ७ वटा पसल सिल
भाद्र ३१, काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बल्खु र कालीमाटी तरकारी बजारको अनुगमन गर्नुभएको छ । उपभोक्ताहरुले प्याजमा कालोबजारी भइरहेको गुनासो गरेपछि बुधबार (आज) विहान मन्त्री भट्टले छड्के अनुगमन गर्नुभएको हो ।
बल्खु र कालीमाटी तरकारी बजार पुग्नुभएका मन्त्री भट्टले सात वटा तरकारी पसलमा प्याजको मूल्यको अनुगमन गर्नुभएको हो । उक्त पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँमा बेचिएको प्याज १ सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको बताइएको छ ।
साथै, प्याज लुकाएको र बढी मूल्यमा बिक्री गरेको पाइएपछि सात वटा पसललाई सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको जनाइएको छ । प्याज लुकाउन प्रयोग भएको एउटा पिक–अप भ्यानलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्