एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १५३९ जनामा संक्रमण

भदौ ३१, मुलुकमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

यो अहिलेसम्मकै एकै दिनमा पाइएको संक्रमितको सबैभन्दा बढी संख्या हो । यस अघि हिजो मंगलबार १ हजार ४ सय ५९ जनामा संक्रमण फेला परेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।