वायुमणडलमा भेटियाे ग्याँस, शुक्र ग्रहमा जीवन हुनसक्ने खगोलशास्त्रीहरुकाे अनुमान

भाद्र ३०, एजेन्सी । खगोलशास्त्रीहरुले शुक्र ग्रहमा जीवन हुनसक्ने अनुमान गरेका छन् । शुक्र ग्रहको वायुमण्डलमा पाइएको एक ग्याँसको अाधारमा खगोलशास्त्रीहरुले यस्तो अनुमान गरेका हुन् ।
खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ । फस्फिन नामको ग्याँस, जुन एक यस्तो अणु हो, जो एक फस्फोरसका कण र तीन हाइड्रोजनका कण मिलेर बनेको हुन्छ ।
धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ ।
फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् ।
त्यसो भए शुक्र ग्रहमा यो ग्यास किन छन्, त्यो पनि ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिर्भिटीका प्राध्यापक जेन ग्रिव्स र उनका सहकर्मीको मात्रै यहि प्रश्न छ ।
उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक पेपर प्रकाशित गरेको छ जसमा उनीहरुले शुक्रमा फस्फिन भेटिएको आफ्नो निगरानीलाई विस्तारसँग लेखेका छन् । साथै आफ्नो अनुसन्धानबारे लेखेका छन् जसमा उनीहरुले यो अणु कुनै प्राकृतिक, नन बायोलोजिकलमार्फत् बनेको हुनसक्ने बताउने कोसिस गरेका छन् ।
यद्यपि, वैज्ञानिकको समूहले शुक्रमा जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले यो सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।
वास्तवमा कार्डिफ युनिभर्सिटीका प्राध्यापक जेन ग्रिव्स र उनका साथीले हवाईको मौना केआ अब्जरवेटरीमा जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप र चिलिमा रहेको अटाकामा ‘लार्ज मिलिटरी ऐरी टेलिस्कोप’ को मद्दतले शुक्र ग्रहमा निगरानी राखे ।
यसमा उनीहरुले फस्फिनको स्पेक्ट्रक सिग्नेचरबारे पत्ता लगाए । तत्पश्चात् वैज्ञानिकले शुक्र ग्रहको बादलमा यो ग्यास अत्यधिक मात्रामा भएको सम्भावना जताए ।
शुक्र ग्रहबारे हालसम्म जति पनि जानकारी प्राप्त छ र त्यहाँ जस्तो स्थिती छ, त्यो हेर्दा फस्फिनको जति मात्रा त्यहाँ भेटिएको छ, अहिलेसम्म फस्फिनको कुनै पनि अजैविक माध्यमबारे पत्ता लाग्न सकेको छैन । यसको अर्थ यो हो कि जीवनको सम्भावनामाथि विचार गर्न सकिन्छ ।
प्राध्यापक जेन ग्रिव्सले भने, ‘आफ्नो पूरा करियरमा म मेरो ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने रुची रहेको छ । तसर्थ मलाई यो सम्भावना बारे सोचेर नै मज्जा आइरहेको छ ।’
छिमेकी ग्रह शुक्रमा जीवनको सम्भावना सौर्यमण्डलको अन्य कुनै पनि ग्रहभन्दा कम मानिन्छ । शुक्रलाई बाइबलमा नर्क भनिन्छ ।
शुक्रमा वायुमण्डलको मोटो पत्र छ जसमा कार्बन डाइअक्साइड अत्यधिक छ । यसको वातावरणमा ९९ प्रतिशत कार्बन डाइअक्साइड छ । यो ग्रहमा वायुमण्डलीय दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ ।
सतहको तापक्रम पिज्जाको ओभन जस्तै ४ सय डिग्री सेल्सियसभन्दा बढी छ ।
त्यसैले यदि तपाईंले शुक्र ग्रहमा खुट्टा राख्नुभयो भने तपाईं केही सेकेन्डमा नै उम्लन थाल्नुहुन्छ त्यसैले यदि शुक्रमा जीवन भइहाले पनि त्यो हामी ५० किलोमिटर माथि नै पाउने आशा गर्न सक्छौं ।प्रतिक्रिया दिनुहोस्

प्रतिकृया दिनुहोस्