भारतले लगायाे प्याज निर्यातमा रोक

भाद्र ३०, काठमाडाैं । भारतले प्याज निर्यातमा रोक लगाएको छ । भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। अस्वभाविक मूल्य बृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ।

कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध हो । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।

हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने आकलन सुरू भएका छन् ।