काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन भारी वर्षा

भदौ ३०, काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने भएको छ । मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महहाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा भईरहेको छ । महाशाखाका अनुसार झापामा पछिल्लो १२ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
आगामी तीन दिनसम्म प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्