प्रिमियर लिग: फुलहमलाई ३-० ले हराउँदै आर्सनलको विजयी सुरूवात
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।
नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।
आर्सनलको जीतमा एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे ।
फुलहमको घरेलु मैदानमा आर्सनलले खेलको ९औँ मिनेटमा लाकाजेटको गोलबाट अग्रता बनाएको थियो ।
विलियनले प्रहार फुलहमका गोलकिपर मारेक रोडकले रोकेपछि आएको रिबाउन्ड बलमा अनमार्क रहेका लाकाजेटले गोल गरेका थिए ।
लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।
प्रतिकृया दिनुहोस्