भारतीय कांग्रेसबाट चार वरिष्ठ नेताहरुलाई महासचिवको जिम्मेवारीबाट हटाइयाे
भाद्र २७, भारतीय कांग्रेस सभापति सोनिया गान्धीले पार्टीमा उल्लेखनीय परिवर्तन गरेकी छिन् ।
गान्धीले गुलाम नबी आजाद र मल्लिकार्जुन खर्गे लगायत चार वरिष्ठ नेताहरुलाई महासचिवको जिम्मेवारीबाट मुक्त गरेकी हुन् । उनले पार्टीको सर्वोच्च नीति निर्धारण इकाई कांग्रेस कार्य समिति (सीडब्लूसी) पनि उनले पुनर्गठन गरेकी छिन् ।
अखिल भारतीय कांग्रेस समितिका महासचिव र इन्चार्जहरुको नयाँ सूचि जारी गरिएको छ । पार्टीका महासचिव केसी वेणुगोपालले जारी गरेको विज्ञप्ति अनुसार गुलाम नबी आजाद, मोतीलाल भोरा, अम्बिका सोनी र मल्लिकार्जुन खर्गेलाई महासचिव पदबाट मुक्त गरिएको छ।
अध्यक्ष सोनिया गान्धीले पार्टीको संगठनात्मक र अरु कामकाजसँग जोडिएका विषयमा आफ्नो सहयोगका लागि विशेष समिति गठन गरेकी छन्। यस्तै गान्धीले एआइसीसी सेन्ट्रल इलेक्सन अगोरिटीको पनि पुनर्गठन गरेकी छन् । हरियाणा राज्यका इन्चार्ज समेत रहेका आजादको स्थान अब विवेक बंसलले लिने भएका छन् ।
केही समयअघि कांग्रेसका केही वरिष्ठ नेताहरुले अध्यक्ष सोनिया गान्धीलाई पार्टीमा महत्वपूर्ण फेरबदलको माग गरी पत्र लेखेका थिए, जसमा गुलाम नबी आजादको नाम प्रमुख थियो ।
प्रतिकृया दिनुहोस्