काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २६, काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना छन्।

अहिलेसम्म काठमाडौंमा ८ हजार १ सय ६ जना, ललितपुरमा एक हजार ५४ र भक्तपुरमा आठ सय ५२ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ।