पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौँ – ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।
मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।
प्रतिकृया दिनुहोस्