काठमाडौं उपत्यकामा एकै दिन ५७२ संक्रमित फेला, काठमाडौंमा मात्र ४९५ थपिए

भाद्र २५, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ७२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ७२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ४ सय ९५ संक्रमित थपिएका छन् भने ललितपुरमा ४३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३४ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १० हजार १४ पुगेको छ । यसमध्ये काठमाडौमा ८ हजार १ सय ८ , ललितपुरमा १ हजार ५३ जना र भक्तपुरमा ८ सय ५३ जना छन् ।