काठमाडौं उपत्यकामा बुधबार ४ सय ६४ संक्रमित थपिए

भदौ २४, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ३ सय ९४ संक्रमित थपिएका छन् भने ललितपुरमा ३४ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३६ जना संक्रमित देखिएका छन् । योसंगै सोमबारसम्म काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९ हजार ४ सय ४२ पुगेको छ ।
यसमध्ये काठमाडौमा ७ हजार ६ सय १३ , ललितपुरमा १ हजार १० जना र भक्तपुरमा ८ सय १९ जना छन् ।

प्रतिकृया दिनुहोस्