कोरोनाविरुद्ध अक्सफोर्डले बनाएको खोप परीक्षण स्थगित

काठमाडौं – बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अन्तिम परीक्षण स्थगित गरेको छ। 

परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएपछि विश्वविद्यालयले खोपको परीक्षण रोकेको बीबीसीले जनाएको छ। अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको खोपको विश्वभर व्यग्र प्रतिक्षा भइरहेका बेला यो घटनाले ठूलो धक्का लागेको विश्लेषण गरिएको छ। 

विश्वभर थुप्रै खोपको परीक्षण भइरहे पनि अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप सबैभन्दा छिटो बजारमा आउने अपेक्षा गरिएको थियो। विश्वविद्यालयले विश्वभर भइरहेको खोप परीक्षण रोकेको र स्वतन्त्र जाँचपछि मात्रै परीक्षणको टुंगो लाग्ने जनाएको छ। विश्वविद्यालयको कोरोनाविरुद्ध तयार गरिएको खोप परीक्षण रोकिएको यो दोस्रो पटक हो। 

अन्तिम चरणको परीक्षणमा ३० हजारभन्दा धेरै मानिस सहभागी छन्।