विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो
काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ ।
२४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजारभन्दा धेरै भएको छ ।
संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।
गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै १ हजार १०७ जनाको ज्यान गएको वल्डोमिटर्सले जनाएरको छ ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्