December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने मेयर फोरमको निष्कर्ष

भदौ २३, काठमाडौं उपत्यकाका नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ ।

आज काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जिम्मेवारी दिनुपर्ने ठहर गरिएको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्षपनि निकालेको छ भने नीजि सवारीसाधान सञ्चालन गर्दा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने जनाएको छ ।

त्यस्तै उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने ठहर गरिएको मेयर श्रेष्ठले बताउनुभयो ।

त्यस्तै फोरमले बिहीवारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।