दैनिक संक्रमण हुनेभन्दा निको हुनेको संख्या हरेक दिन उत्साहजनक एकैदिन २ हजार २ सय ८७ जनाकाे स्वास्थ्यलाभ

भदौ २३, कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार२ सय ८७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या हजार सय पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ६८ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ८ सय ६८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३ सय १० रहेको छ ।

यसैगरी होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय १५ र संस्थागत आइसोलेसनमा रहनेको संख्या ८ हजार ५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ७ लाख ८८ हजार १ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।