बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु

भाद्र २३, पाेखरा । कास्कीको रुपा गाउँपालिका वडा न ६ वराहथोकमा गएको पहिरोको कारण घर भत्किएर एकजनाको मृत्यु भएको छ । काजी बिककी २० वर्षीया छोरी सिर्जना बिकको निधन भएको हो । पहिरोमा परि घाइते भएकी सिर्जनालाई अस्पताल लगिदैँ गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अबिरल बर्षाको कारण सो स्थानमा पहिरो गएको हो । बिहान ४ बजेको समयमा सो स्थानमा पहिरो गएको हो । हाल सो स्थानमा रहेका मानिसलाई उद्धार गरि सुरक्षित स्थानमा लगिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।