चितवनमा कोरोना संक्रमितको संख्या एक हजार पाँच पुग्यो

भाद्र २२, काठमाडाैं । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा आइतबार राति गरिएको परीक्षणमा जिल्लाका १९ जना थपिएसंगै संक्रमितको संख्या एक हजार पुगेको हो ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् । जसमा ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिलासम्म रहेका छन् ।

यस्तै संक्रमण पुष्टि हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिकाका ६ जना र खैरहनीका २ जना रहेका छन् । यसैगरि मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् ।