मुलुकका विभिन्न ४ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सर्तक रहन आग्रह
काठमाडौँ- अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो र राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्