राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामकाे प्रस्ताव
भाद्र २२, काठमाडाैं । पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गर्नुभएकाे छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएकाे छ ।
अहिले कोरोना महामारीका कारण सरकारले लाखाैँ जनताकाे गाँसबासकाे पर्वाहै नगरी निषेधाज्ञा र लकडाउन गरिरहेकाे तर्फ उहाँले कटाक्ष गर्नुभएकाे छ । धेरैकाे राेजीराेटी खाेसिएकाे र आमजनता जीवन-मरणको लडाईमा रहेको बताउँदै भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ- ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’
‘पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखामुनि रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कर्फयू लगाउँदै जानु कति उपयुक्त हो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘काेराेनाबाट बचे पनि भाेकले मर्ने स्थिति अाउनु कति डरलाग्दाे कुरा हाे ?’
सरकारले या त बेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद जिन्सी राहतको व्यवस्था गर्नुपर्ने, नभए सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आ-आफ्ना व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उहाँकाे भनाइ छ ।
प्रतिकृया दिनुहोस्