काठमाडौंमा मात्र २ सय ९० सहित उपत्यकामा थप ३ सय ५४ जनामा संक्रमण
भदौ २१, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ४५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ४५ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र २ सय ९० संक्रमित थपिएका छन् भने ललितपुरमा ३२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३२ जना संक्रमित देखिएका छन् ।
योसंगै शनिबारसम्म काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८ हजार ५ सय ५६ पुगेको छ ।
यसमध्ये काठमाडौमा ६ हजार २ सय २६ , ललितपुरमा ८ सय ८ जना र भक्तपुरमा ७ सय १२ जना छन् ।
प्रतिकृया दिनुहोस्