चन्द्रागिरिकाे दहचाेकमा आमा-बाबुमाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

भाद्र २१, काठमाडाैं । चन्द्रागिरी नगरपालिका-१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन्।
शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षको श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक खेम राज रावतले बताए ।

प्रहरीले घाइते भएका आमा र बुबा दुबै जनालाई उपचारको लागि अस्पताल लगेकाे छ । घटना स्थलमा महानगरी प्रहरी बृत्त स्वयम्भू अन्तर्गत प्रहरी चाेकी बिन्दावासिनी महानगरी प्रहरी प्रभाग बलम्वुले खकुरी प्रहार गर्ने छोरालाई पनि नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक रावतकाे भनाइ छ ।

प्रहरीका अनुसार उनिहरूको काँध भन्दा अलिमाथि चोट लागेको छ।