December 14, 2024, Saturday
२०८१ मंसिर २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

दाङमा थप ३७ जनामा कोरोना पुष्टि

भाद्र २०, दाङ । दाङमा आज (शनिबार) थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको सूचन अनुसार तुलसीपुर उपमहानगरपालिकाका १९ जना, घोराहीका ११ जना, जिल्ला प्रहरी कार्यालय, दाङका ७ जना कर्मचारी र शान्तिनगर गाँउपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१ का १ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का ४ जना, वडा नम्बर ७ का १० जना, वडा नम्बर ८ का १ जना, वडा नम्वर १७ का १ जना, वडा नम्वर १८ का २ जना, तुलसीपुर १९ का ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै शान्ति नगर गाँउपालिकाका २७ एक जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये तुलसीपुरका १९ जना, घोराहीका ११ जना, जिल्ला प्रहरी कार्यालय दाङका ७ जना र शान्तिनगरका १ जनामा कोरोना संक्रमण भएको प्रतिष्ठानले जनाएको छ ।

योसँगै दाङमा कोरोना संक्रमितहरुको संख्य ९ सय ९२ जना पुगेका छन् । जसमध्ये ८ सय ५७ जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

हाल ९६ जना आइसोलेसनमा रहेका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यस्तै दाङमा कोरोनाका कारण २ को मृत्यु भइसकेको छ ।