पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना संक्रमण

भदौ २०, मुलुकमा थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ४९ महिला र ६ सय ९२ पुरुषमा संक्रमण फेला परेको छ ।

प्रतिकृया दिनुहोस्