नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये ३६४ जना महिला र ८९५ जना पुरुष रहेका छन् । देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिकृया दिनुहोस्