उपत्यकामा ४ सय ५४ नयाँ संक्रमित, काठमाडौंमा मात्र ३ सय ८६

भदौ १९, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ५४ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ३ सय ८६ संक्रमित थपिएका छन् भने ललितपुरमा ३२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३६ जना संक्रमित देखिएका छन् ।