वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त

भदौ १९, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त भएका छन् ।
प्रतिष्ठानको नियमावली–२०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीले कोइरालाई सहायक डिन (परिक्षा) नियुक्त गरेका हुन् ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. गुरुप्रसाद खनालको सिफारिसमा फर्माकोलोजी विभागका डा. भावेश कोइराला शुक्रबार सहायक डीनको रुपमा नियुक्त भएका प्रतिष्ठानले जनाएको छ ।
नियुक्तीसँगै कोइरालाले शुक्रबारबाटै आफ्नो कार्यभार समेत संम्हालेका छन् । गत बैशाख २४ गते मानसिक रोग विभागमा डा. मधुर बस्नेतको कार्यकाल सकिएपछि प्रतिष्ठानको सहायक डिन पद खाली रहेको थियो ।
गत बुधबार मात्र खाली रहेका प्रतिष्ठानको शैक्षिक डिनमा प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्राध्यापक डाक्टर शिवेन्द्र झालाई शिक्षाध्यक्ष प्रा.डा. खनालको सिफारिसमा उपकुपति प्रा.डा. गिरीले नियुक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्