December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

अस्पतालमै भयाे ‘ग्याङ फाइट’, डाक्टर, नर्स समेत कुटिएपछी आकस्मिक सेवा बन्द

 भदाै १९,  स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेजमा दुई समुहबीच ‘ग्याङ फाइट’ भएकाे छ ।

बिहीबार राति रानीवन र ढुंगेधाराका युवाबीच ‘ग्याङ फाइट’ हुँदा मनमोहन शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड हुनकाे साथै आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्‍युरिटी गार्ड समेत कुटिएका छन् । तोडफोड र कुटपिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।

रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो । त्‍यस क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो । कुट्ने समूहको एकजना युवा पक्राउ परेपछि सोही समूहका अरू ३०/४० जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा आएर आकस्मिक कक्षमै भिडन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने, स्वास्थ्य सामग्रीको तोडफोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरूले आकस्मिक सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

झडप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्षति पुगेको अस्पतालले जनाएको छ ।