बागलुङमा बाढी , १२ जना सम्पर्कविहीन (फोटोफिचर)
बागलुङ- गएराति बागलुङको ढोरपाटन नगरपािलका-९ भुजीखोलामा आएको बाढीले खोला किनाराका बस्ती बगाउँदा १२ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ ।
अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले खोला किनाराका घर बगाउँदा १२ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

स्थानीयले दिएको जानकारी अनुसार हालसम्म ढोरपाटन नगरपालका-९ साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोट, दोगाडी लगायतका बस्तीहरुमा ठूलो क्षति पुगेको छ ।

त्यसैगरी विद्युत गृह, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथिमिक विद्यालयको भवनमा समेत क्षति पुगेको छ ।
बाढीले कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
घटना स्थलमा अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
तस्वीर- द्रोणकुमार कुँवरको फेसबुकबाट






प्रतिकृया दिनुहोस्