पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन
काठमाडौं – ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ।
शनिबार दिउँसो महोत्तरीकी ६२ वर्षीया महिला र शनिबार राति भैरहवाका ५७ वर्षीय पुरुष र ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिए। शाक्यका अनुसार मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५१ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेका छन्।
भैरहवाको पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए। जलेश्वरकी महिलाको भने शनिबार दिउँसो १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो। अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए।
जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको थियो।

प्रतिकृया दिनुहोस्