स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका व्यक्तिको रिपोर्ट नेगेटिभ,कोरोना परीक्षणको विषयमा उठ्याे प्रश्न
भदौ १३, स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ ।
स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ ।
“एक घर एक पीसीआर परीक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वा टोला श्रीर्सिया पुगेको थियो । त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब संकलन गराएका थिए । बीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजारा पनि पीसीआर परीक्षणका लागि आफ्नो स्वाब संकलन गराउन गएका थिए ।
बीरगञ्ज महानगरपालिकाको “एक घर एक पीसीआर परीक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मीको टोलीलाई आफ्नो स्वाब संकलनका लागि लाईन लागेका थिए तर स्वाब संकलन गराउने बेला उनी शौच गर्न गए तर स्वाब संकलन गराएन्न ।
र, भीटीएम किट आफुसंगै राखे आफ्नो स्वाबको भाँडो भने आफुसँगै घर लिएर फर्केका थिए । स्वाबको भाँडो नै घर लिएर आएका हजारालाई के रिपोर्ट आउने हो चिन्तै भएन । भाँडो नै घर लिएर आएपछि कुनै मतलब नै नगरी उनी आफ्नै दैनिकी गुजारिरहेका थिए तर साउन २४ गते सार्वजनिक भएको नारायणी अस्पतालको पीसीआर परीक्षण रिर्पोट अनुसार हजाराको रिर्पोट नेगेटिभ आयो ।
पीसीआर परीक्षणका लागि संकलन गराएको भाँडोसहितको स्वाब नै घर लिएर आएको परीक्षणको रिर्पोट नेगेटिभ आएपछि हजारा आश्चर्यमा परेका थिए । दैनिक मजदुरी गरेर खाने हजाराले रिर्पोट आएको केही हप्तापछि कार्यस्थलमा आफुभन्दा अलि जान्ने बुझ्ने एक व्यक्तिलाई नारायणीको यो लापरवाहीबारे सुनाए ।
ती व्यक्तिले उनको स्वाबको भाँडो र परीक्षण रिर्पोटको हार्ड कपी पनि हेरेपछि लापरवाहीबारे पुष्टि भयो ।
एकातिर रिर्पोटमा गडबडी तथा कमसल सामग्रीका केमिकलको प्रयोग जस्ता समाचारका कारण पर्सावासी यस्तै चिन्तित तथा त्राशमा छन भने अर्को तिर बिना चेकजाँच नै रिर्पोट आउनुले पीसीआर रिर्पोटको विश्वसनीयता घटदै गएको छ । सर चेक बिना पीसीआर रिर्पोट नामक भिजुवल पर्सा फोल्डरमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्